- साउन २५, २०८२
- No Comment
- 3
खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । खनालको डल्लुस्थित निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था र वामपन्थी एकताको सम्भावनाबारे चर्चा भएको खनालको निजी सचिवालयले जनाएको छ ।
हालैका दिनमा अध्यक्ष माधवकुमार नेपाल र खनालबीच आरोप–प्रत्यारोप चलेको छ। यसैबीच गत शनिबार खनाल र नेपालबीच पनि भेट भएको थियो। तर, सो भेटमा आपसी विवादका विषयमा छलफल नभएको बताइएको छ । भेटपछि खनालले अध्यक्ष नेपाललाई भेट्नु नै एक उपलब्धि भएको टिप्पणी गरेका थिए ।