• साउन १६, २०८२
  • No Comment
  • 107

पानी निकासको व्यवस्था नगर्दा बस्ती डुबेको भन्दै चौकुनेमा विरोध प्रदर्शन

चौकुने। चौकुने गाउँपालिका वडा न. ८ मोतिसेरा अन्तर्गत मदन भण्डारी राजमार्ग निर्माणको क्रममा पानी निकासको बाटो नदिँदा घरहरू डुबानमा परेको भन्दै त्यहाँका  बासिन्दाले रोडमा मुढाहरुले छेकवार गरि विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले मदन भण्डारी सडक-खण्डमा आज बिहान अवरुद्ग गरेका हुन् । सडक निर्माणको क्रममा पानीको निकासका लागि कल्भर्ट निर्माण नगरेका कारण घरवस्ती डुबानमा परेको स्थानीयको भनाइ छ ।

पानीको निकास नहुँदा वडामा रहेका बासिन्दा समस्यामा परेको वडा अध्यक्ष कमल बहादुर जि सीले जानकारी दिनु भएको छ । पटक-पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेकाले समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

सडकमा हालिएको हृयुम पाइप मिलाउनुपर्ने माग राखेर स्थानीयले प्रदर्शन गरेका थिए ।प्रदर्शनमा उत्रिएकाहरुलाई चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कमल बहादुर जि सी लगायतले सम्झाएर पठाउनु भएको थियो । वडा अध्यक्ष कमल जि सी ले पानीको निकासका लागि तत्काल नाला निर्माण गर्ने र सडकको बाढी व्यवस्थापन गर्न आवश्यक कार्य छिट्टै शुरु गर्ने आश्वासन दिनु भएको छ ।

 

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *