• साउन १२, २०८२
  • No Comment
  • 108

सुर्खेतमा लागुऔषध मुद्दामा १५ वर्ष कैद र ५ लाख जरिवाना सजाय पाएका फरार सापकोटा पक्राउ

सुर्खेत। लागुऔषध (ब्राउन सुगर) कारोबार मुद्दामा उच्च अदालतबाट १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । एक वर्षभन्दा बढी समयदेखि फरार रहेका वीरेन्द्रनगर नगरपालिका–६ निवासी ४२ वर्षीय लक्ष्मण सापकोटालाई प्रहरीले शनिबार वीरेन्द्रनगरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उच्च अदालत तुल्सीपुर, दाङ इजलासले २०८० असार ५ गते सापकोटालाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको थियो । नेपाल सरकार वादी भएको उक्त मुद्दामा फैसला आएदेखि नै उनी फरार रहँदै आएका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त विशेष टोलीले फरार सापकोटाको खोजीलाई तीव्र पारेको थियो । सोही क्रममा  आज बिहान  ११ बजे वीरेन्द्रनगर नगरपालिका–८ स्थित नगरपालिका कार्यालय नजिकैबाट उनलाई नियन्त्रणमा लिन प्रहरी  लिएकाे हो ।

पक्राउ परेका सापकोटालाई फैसला कार्यान्वयनका लागि  सुर्खेत जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *