• साउन १२, २०८२
  • No Comment
  • 139

सुर्खेतमा लागुऔषध मुद्दामा १५ वर्ष कैद र ५ लाख जरिवाना सजाय पाएका फरार सापकोटा पक्राउ

सुर्खेत। लागुऔषध (ब्राउन सुगर) कारोबार मुद्दामा उच्च अदालतबाट १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । एक वर्षभन्दा बढी समयदेखि फरार रहेका वीरेन्द्रनगर नगरपालिका–६ निवासी ४२ वर्षीय लक्ष्मण सापकोटालाई प्रहरीले शनिबार वीरेन्द्रनगरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उच्च अदालत तुल्सीपुर, दाङ इजलासले २०८० असार ५ गते सापकोटालाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको थियो । नेपाल सरकार वादी भएको उक्त मुद्दामा फैसला आएदेखि नै उनी फरार रहँदै आएका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त विशेष टोलीले फरार सापकोटाको खोजीलाई तीव्र पारेको थियो । सोही क्रममा  आज बिहान  ११ बजे वीरेन्द्रनगर नगरपालिका–८ स्थित नगरपालिका कार्यालय नजिकैबाट उनलाई नियन्त्रणमा लिन प्रहरी  लिएकाे हो ।

पक्राउ परेका सापकोटालाई फैसला कार्यान्वयनका लागि  सुर्खेत जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *