• साउन १२, २०८२
  • No Comment
  • 138

पानी पार्न चौकुने ४ बिजौरामा महादेव इन्द्रको पूजापाठ

चौकुने। पानी नपरेपछि दैनिक जसो इन्द्र पूजा, भ्यागुता पूजा, माई पूजा लगायतका पूजा गर्दै पानी माग्न थालिएको छ । लामो समयसम्म पानी नपरेपछि पानी पार्न भन्दै चौकुने गाउँपालिका – ४ बिजौराको झाला नजिकै कर्णालीको किनारामा सामूहिक पूजापाठ गरिएको छ ।

श्रावनको पहिलो साता बितिसक्दा पनि पानी नपरेर खेतबारीमा लगाएका अन्नबाली , तरकारी बाली, तथा फलफूल सुक्न थालेपछि स्थानीयले पानी पार्न भन्दै महादेवसँग प्रथाना गरेका छन् । पं. थानेश्वर प्रसाद उपाध्यायको नेतृत्वमा चौकुने ४ बिजौराका बासिन्दाले स्वस्ति शान्ति, महारुद्री सहित इन्द्र पूजा गरिएको हो ।

पानी नपरेका कारण मकैका बोट र खेतमा रोपेको धान र धानका बिउँ सुक्न थालेका छन् । भगवान् महादेव र इन्द्रको पूजा गरेमा पानी पर्ने जनविश्वासका साथ पूजा गरिएको पुजा व्यवस्थापन समिति अध्यक्ष भुमि प्रसाद जैसीले बताउनुभयो । इन्द्र भगवानलाई खुसी पार्न भजनकृर्तन, होम, ब्राह्मणद्वारा पाठ पुरायण नै गरेर इन्द्र देवताको पूजा गरेको पुजा व्यवस्थापन समितिका सचिव दिपक बि सी ले बताउनुभयो ।

 

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *