• साउन १२, २०८२
  • No Comment
  • 179

पानी पार्न चौकुने ४ बिजौरामा महादेव इन्द्रको पूजापाठ

चौकुने। पानी नपरेपछि दैनिक जसो इन्द्र पूजा, भ्यागुता पूजा, माई पूजा लगायतका पूजा गर्दै पानी माग्न थालिएको छ । लामो समयसम्म पानी नपरेपछि पानी पार्न भन्दै चौकुने गाउँपालिका – ४ बिजौराको झाला नजिकै कर्णालीको किनारामा सामूहिक पूजापाठ गरिएको छ ।

श्रावनको पहिलो साता बितिसक्दा पनि पानी नपरेर खेतबारीमा लगाएका अन्नबाली , तरकारी बाली, तथा फलफूल सुक्न थालेपछि स्थानीयले पानी पार्न भन्दै महादेवसँग प्रथाना गरेका छन् । पं. थानेश्वर प्रसाद उपाध्यायको नेतृत्वमा चौकुने ४ बिजौराका बासिन्दाले स्वस्ति शान्ति, महारुद्री सहित इन्द्र पूजा गरिएको हो ।

पानी नपरेका कारण मकैका बोट र खेतमा रोपेको धान र धानका बिउँ सुक्न थालेका छन् । भगवान् महादेव र इन्द्रको पूजा गरेमा पानी पर्ने जनविश्वासका साथ पूजा गरिएको पुजा व्यवस्थापन समिति अध्यक्ष भुमि प्रसाद जैसीले बताउनुभयो । इन्द्र भगवानलाई खुसी पार्न भजनकृर्तन, होम, ब्राह्मणद्वारा पाठ पुरायण नै गरेर इन्द्र देवताको पूजा गरेको पुजा व्यवस्थापन समितिका सचिव दिपक बि सी ले बताउनुभयो ।

 

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *