• साउन १०, २०८२
  • No Comment
  • 114

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त कोहलपुरबाट पक्राउ

जाजरकोट । बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक  अभियुक्तलाई जाजरकोट प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ८ का २८ वर्षीय बिरखे बहादुर गिरी रहेका छन् ।

जगत शाहले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी भएको बैंकिङ कसुर मुद्दामा गिरी फरार थिए । वारदातपछि उनी फरार रहँदै आएको र कोहलपुर क्षेत्रमा लुकेर बसेको भन्ने विशेष सूचनाका आधारमा जाजरकोट प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि राम डाँगीका अनुसार, इलाका प्रहरी कार्यालय, कोहलपुरसँगको समन्वयमा खटिएको प्रहरी टोलीले गिरीलाई  शुक्रबार बिहान ८ बजे कोहलपुर नगरपालिका–१४, पिपिरी स्थित सार्वजनिक सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीलाई जाजरकोट ल्याई जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *