• साउन १०, २०८२
  • No Comment
  • 146

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त कोहलपुरबाट पक्राउ

जाजरकोट । बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक  अभियुक्तलाई जाजरकोट प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ८ का २८ वर्षीय बिरखे बहादुर गिरी रहेका छन् ।

जगत शाहले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी भएको बैंकिङ कसुर मुद्दामा गिरी फरार थिए । वारदातपछि उनी फरार रहँदै आएको र कोहलपुर क्षेत्रमा लुकेर बसेको भन्ने विशेष सूचनाका आधारमा जाजरकोट प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि राम डाँगीका अनुसार, इलाका प्रहरी कार्यालय, कोहलपुरसँगको समन्वयमा खटिएको प्रहरी टोलीले गिरीलाई  शुक्रबार बिहान ८ बजे कोहलपुर नगरपालिका–१४, पिपिरी स्थित सार्वजनिक सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीलाई जाजरकोट ल्याई जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *