• साउन ८, २०८२
  • No Comment
  • 245

विक्रम कुमाल वाइसीएल सुर्खेतको नयाँ इन्चार्जमा नियुक्त

सुर्खेत। योङ कम्युनिस्ट लिग (वाइसीएल) को सुर्खेत जिल्ला इन्चार्जमा विक्रम कुमाल नियुक्त भएका छन्। वाइसीएल केन्द्रीय समितिको हालै सम्पन्न बैठकले उनलाई जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको हो।

वाइसीएल केन्द्रीय सचिव विकास वलीले कुमाललाई औपचारिक रूपमा जिम्मेवारी दिइएको जानकारी दिए। उनका अनुसार, वाइसीएलको जिल्ला इन्चार्ज पद सम्मेलनपछि रिक्त रहेकोमा कुमाललाई नयाँ नेतृत्वका रूपमा चयन गरिएको हो।

इन्चार्जको जिम्मेवारी सम्हालेपछि कुमालले प्रतिक्रिया दिंदै संगठनलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “अब वाइसीएल सुर्खेतलाई अझ मजबुत र व्यवस्थित बनाउँदै युवाहरूको अधिकार र विकासमा केन्द्रित हुनेछु,” उनले भने। साथै उनले समग्र सुर्खेती युवाको हकहितका लागि आफू दिलोज्यानले लाग्ने बताए।

विक्रम कुमाल यसअघि वाइसीएल सुर्खेतको अध्यक्षको भूमिकामा समेत रहेर संगठनलाई सशक्त बनाउँदै आएका थिए।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *