• जेष्ठ ३०, २०८३
  • No Comment
  • 1

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गरिएको उक्त अनुगमनमा विभिन्न पसल तथा खाद्य व्यवसायहरूमा बिक्री भइरहेका वस्तुहरूको गुणस्तर, मिति, तथा मूल्यसूचीको अवस्थाबारे जाँच गरिएको थियो।

अनुगमन टोलीमा वडा न ८ का वडा अध्यक्ष कमल जि सी , चौकुने गाउँपालिका उद्योग बाणिज्य शाखा प्रमुख बर्षा घर्ती ,राजश्व शाखा प्रमुख कृष्ण गिरी, जनस्वास्थ्य अधिकृत राजन बि सी , तथा ईलाका प्रहरी कार्यालय गुटुका प्रहरी सहायक निरीक्षक बुद्ध सागर चौधरी र महिला प्रहरी हवलदार दिलमाया बुढाको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा विभिन्न पसलहरूमा अखाद्य वस्तु, मिति नाघेका पेय पदार्थ, जंकफुड तथा अन्य उपभोग्य सामग्रीहरू फेला परेका थिए। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने यस्ता सामग्रीहरूलाई तत्काल नियन्त्रणमा लिइएको थियो। त्यसैगरी, करिब ५,५००हजार रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य वस्तुहरू वडा नं. ८ का वडा अध्यक्ष कमल बहादुर जि सी र ईलाका प्रहरीकार्यालय गुटुको रोहवरमा सार्वजनिक रूपमा नष्ट गरिएको हो । अनुगमन टोलीले व्यापारीहरूलाई म्याद नाघेका सामान बिक्री नगर्न, सरसफाइमा ध्यान दिन, मूल्यसूची अनिवार्य राख्न तथा उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेत गराएको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

सम्बन्धित खबर

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयनका लागि वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यान्वयनका लागि वडा…

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ८ मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ को कार्यान्वयन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न…

Leave a Reply

Your email address will not be published. Required fields are marked *