• साउन ८, २०८२
  • No Comment
  • 157

विक्रम कुमाल वाइसीएल सुर्खेतको नयाँ इन्चार्जमा नियुक्त

सुर्खेत। योङ कम्युनिस्ट लिग (वाइसीएल) को सुर्खेत जिल्ला इन्चार्जमा विक्रम कुमाल नियुक्त भएका छन्। वाइसीएल केन्द्रीय समितिको हालै सम्पन्न बैठकले उनलाई जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको हो।

वाइसीएल केन्द्रीय सचिव विकास वलीले कुमाललाई औपचारिक रूपमा जिम्मेवारी दिइएको जानकारी दिए। उनका अनुसार, वाइसीएलको जिल्ला इन्चार्ज पद सम्मेलनपछि रिक्त रहेकोमा कुमाललाई नयाँ नेतृत्वका रूपमा चयन गरिएको हो।

इन्चार्जको जिम्मेवारी सम्हालेपछि कुमालले प्रतिक्रिया दिंदै संगठनलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “अब वाइसीएल सुर्खेतलाई अझ मजबुत र व्यवस्थित बनाउँदै युवाहरूको अधिकार र विकासमा केन्द्रित हुनेछु,” उनले भने। साथै उनले समग्र सुर्खेती युवाको हकहितका लागि आफू दिलोज्यानले लाग्ने बताए।

विक्रम कुमाल यसअघि वाइसीएल सुर्खेतको अध्यक्षको भूमिकामा समेत रहेर संगठनलाई सशक्त बनाउँदै आएका थिए।

सम्बन्धित खबर

कलाकार उत्तम शर्माद्धारा ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापना

कलाकार उत्तम शर्माद्धारा ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापना

सुर्खेत– कलाकार उत्तम शर्माले आफूले पाएको पुरस्कार राशीको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । युवा तथा राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट…
सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

२४ कात्तिक । नेपालको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रलाई संस्थागत रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको…
स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…

Leave a Reply

Your email address will not be published. Required fields are marked *