• साउन ६, २०८२
  • No Comment
  • 344

रौतहटमा १३३ केजी गाँजा बरामद, चालक फरार

रौतहट  गरुडा नगरपालिका–४ स्थित चपुर गौर सडकखण्डमा सोमबार बिहान प्रहरीले चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको कार चेकजाँचका क्रममा प्रहरीले रोकेपछि चालकले भाग्न खोज्दा गाडी झाझपुल नजिकै सडकको खाल्टोमा खसेको हो ।

प्रहरीले गाडीको डिक्की जाँच गर्दा १३ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको करिब १३३ केजी गाँजा फेला पारेको छ। घटनापछि चालक फरार छन् भने गाडी र गाँजा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार फरार चालकको खोजी तीव्र पारिएको छ र घटनासम्बन्धी थप अनुसन्धान जारी छ ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *