• साउन ६, २०८२
  • No Comment
  • 875

रौतहटमा १३३ केजी गाँजा बरामद, चालक फरार

रौतहट  गरुडा नगरपालिका–४ स्थित चपुर गौर सडकखण्डमा सोमबार बिहान प्रहरीले चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको कार चेकजाँचका क्रममा प्रहरीले रोकेपछि चालकले भाग्न खोज्दा गाडी झाझपुल नजिकै सडकको खाल्टोमा खसेको हो ।

प्रहरीले गाडीको डिक्की जाँच गर्दा १३ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको करिब १३३ केजी गाँजा फेला पारेको छ। घटनापछि चालक फरार छन् भने गाडी र गाँजा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार फरार चालकको खोजी तीव्र पारिएको छ र घटनासम्बन्धी थप अनुसन्धान जारी छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा महिलाहरूका लागि क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा महिलाहरूका लागि क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा विभिन्न समुदाय तथा वर्गका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।…
मुक्त हलिया तथा दलित समुदायका अगुवाहरूलाई १ दिने कानुनी सचेतना तथा सुशासन सम्बन्धी पालिका स्तरीय तालिम सम्पन्न

मुक्त हलिया तथा दलित समुदायका अगुवाहरूलाई १ दिने कानुनी…

सुर्खेत। चौकुने गाउँपालिकामा मुक्त हलिया र दलित समुदायका अगुवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १ दिने कानुनी सचेतना तथा सुशासन सम्बन्धी पालिका…
विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *