• साउन ६, २०८२
  • No Comment
  • 141

एमाले बैठक दोस्रो दिन जारी, धारणा राख्न ३ मिनेट समय

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी छ। बैठकमा केन्द्रीय सदस्यहरूले विधान संशोधन र संगठनात्मक प्रस्तावमाथि धारणा राख्ने क्रम जारी रहेको छ । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि आज कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूले विचार राख्ने कार्यक्रम छ।

हिजोको बैठकमा गण्डकी, मधेस, प्रदेश विशेष र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गरेका थिए। बैठकमा हरेक सदस्यलाई बढीमा तीन मिनेट समय दिइएको छ । सचिवालय र पोलिटब्यूरोबाहेकका सदस्यहरू मात्र धारणा राख्न पाउने व्यवस्था गरिएको छ । केही सदस्यले लिखित रूपमा धारणा बुझाएका छन् । गौतमका अनुसार बैठकपछि समसामयिक विषय समेटिएको घोषणापत्र जारी गर्दै आजै बैठक सम्पन्न गरिने कार्यक्रम रहेकाे छ ।

सम्बन्धित खबर

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…
यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

मह स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ। त्यसैले धेरै मानिस दैनिक खानपानदेखि घरेलु उपचारसम्म महको प्रयोग गर्छन्।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *