नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी छ। बैठकमा केन्द्रीय सदस्यहरूले विधान संशोधन र संगठनात्मक प्रस्तावमाथि धारणा राख्ने क्रम जारी रहेको छ । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि आज कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूले विचार राख्ने कार्यक्रम छ।
हिजोको बैठकमा गण्डकी, मधेस, प्रदेश विशेष र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गरेका थिए। बैठकमा हरेक सदस्यलाई बढीमा तीन मिनेट समय दिइएको छ । सचिवालय र पोलिटब्यूरोबाहेकका सदस्यहरू मात्र धारणा राख्न पाउने व्यवस्था गरिएको छ । केही सदस्यले लिखित रूपमा धारणा बुझाएका छन् । गौतमका अनुसार बैठकपछि समसामयिक विषय समेटिएको घोषणापत्र जारी गर्दै आजै बैठक सम्पन्न गरिने कार्यक्रम रहेकाे छ ।
काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…