• असार २७, २०८२
  • No Comment
  • 148

  लागूऔषधसहित चार युवा पक्राउ

धनगढी । कैलाली प्रहरीले जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका–५, लालबोझीमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई शंकाको आधारमा जाँच गर्दा लागूऔषधसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–४ का २५ वर्षीय मनोज चौधरी र २१ वर्षीय बिक्रम चौधरी तथा घोडाघोडी नगरपालिका–१२ का २१ वर्षीय विशाल चौधरी र २८ वर्षीय हनुमान चौधरी रहेका छन्।

प्रहरीका अनुसार, भारतबाट आउँदै गरेको से ३ प ९२६३ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक मनोज चौधरी र पछाडि सवार बिक्रम चौधरीको साथबाट ३ ग्राम ९६० मिलिग्राम लागूऔषध बरामद भएको थियो। त्यसैगरी, ग ६ प ८३७९ नम्बरको अर्को मोटरसाइकलमा सवार चालक विशाल चौधरी र पछाडि बसेका हनुमान चौधरीको साथबाट १ ग्राम ७१० मिलिग्राम लागूऔषध फेला परेको थियो।

इलाका प्रहरी कार्यालय, पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट जम्मा ५ ग्राम ६७० मिलिग्राम लागूऔषध र दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *