• असार २०, २०८२
  • No Comment
  • 64

सुर्खेतको भेरी नदी किनारमा १ जना पुरुषको शव फेला

सुर्खेत  । सुर्खेतको बराहताल गाउँपालिकास्थित भेरी नदीको किनारमा एक अपरिचित पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार  शुक्रबार दिउँसो करिब ३:४० बजे बराहाताल गाउँपालिका-४, साजघाट रिङाउस्थित नदी किनारमा अन्दाजी ३०/३२ वर्षीय पुरुषको शव भेटिएको हो।

अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट नियमित गस्तीमा खटिएको प्रहरी सहायक निरीक्षक रमेश कुमार थापा नेतृत्वको प्रहरी टोलीले नदी किनारमा उक्त शव देखेपछि तत्कालै अनुसन्धान गर्न सुरू गरेकाे छ । 

 शवको पहिचान खुल्न सकेको छैन र मृत्युको कारणबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *