• असार २०, २०८२
  • No Comment
  • 288

सुर्खेतको भेरी नदी किनारमा १ जना पुरुषको शव फेला

सुर्खेत  । सुर्खेतको बराहताल गाउँपालिकास्थित भेरी नदीको किनारमा एक अपरिचित पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार  शुक्रबार दिउँसो करिब ३:४० बजे बराहाताल गाउँपालिका-४, साजघाट रिङाउस्थित नदी किनारमा अन्दाजी ३०/३२ वर्षीय पुरुषको शव भेटिएको हो।

अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट नियमित गस्तीमा खटिएको प्रहरी सहायक निरीक्षक रमेश कुमार थापा नेतृत्वको प्रहरी टोलीले नदी किनारमा उक्त शव देखेपछि तत्कालै अनुसन्धान गर्न सुरू गरेकाे छ । 

 शवको पहिचान खुल्न सकेको छैन र मृत्युको कारणबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *