• असार १६, २०८२
  • No Comment
  • 127

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

तस्बिर : सामाजिक संजाल

सुर्खेत  – लगातारको वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्गका विभिन्न भागमा पहिरो खसेपछि यातायात ठप्प हुँदा सयौं यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कालिकोट जिल्लाको दहीखोलादेखि हुल्म बजारसम्मको क्षेत्रमा ठूला ढुङ्गा र माटोसहितको पहिरो खसेको हो। पहिरोले गर्दा सवारीसाधनहरू कालिकोट भित्रिने र बाहिरिने दुवै दिशाबाट रोकिएका छन्।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट हुल्मबाट प्रहरी सहायक निरीक्षक विनोद बुढाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने प्रयास गरिरहेको छ।

तर, लगातारको वर्षा र स्थान–स्थानमा खसेका पहिरोका कारण सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ। प्रशासनले यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू सडक खुलाउने प्रयासमा जुटिरहेका छन् भने आवश्यक सहायता उपलब्ध गराउने तयारी समेत भइरहेको जनाइएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *