• असार १६, २०८२
  • No Comment
  • 8

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

तस्बिर : सामाजिक संजाल

सुर्खेत  – लगातारको वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्गका विभिन्न भागमा पहिरो खसेपछि यातायात ठप्प हुँदा सयौं यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कालिकोट जिल्लाको दहीखोलादेखि हुल्म बजारसम्मको क्षेत्रमा ठूला ढुङ्गा र माटोसहितको पहिरो खसेको हो। पहिरोले गर्दा सवारीसाधनहरू कालिकोट भित्रिने र बाहिरिने दुवै दिशाबाट रोकिएका छन्।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट हुल्मबाट प्रहरी सहायक निरीक्षक विनोद बुढाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने प्रयास गरिरहेको छ।

तर, लगातारको वर्षा र स्थान–स्थानमा खसेका पहिरोका कारण सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ। प्रशासनले यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू सडक खुलाउने प्रयासमा जुटिरहेका छन् भने आवश्यक सहायता उपलब्ध गराउने तयारी समेत भइरहेको जनाइएको छ।

सम्बन्धित खबर

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक हुँदै  

सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीको तीज गीत “मधु” सार्वजनिक…

सुर्खेत। सुर्खेतकी लोकप्रिय गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘मधु’ दर्शकमाझ ल्याउने भएकी छन्…
एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *