• असार ९, २०८२
  • No Comment
  • 171

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, आज बिहान करिब ७ बजेतिर आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा दिक्षालाई सर्पले टोकेको थियो। सर्पले टोकेपछि उनी बेहोस भएकी थिइन्।

परिवारका सदस्यले बिहान सवा ९ बजे इलाका प्रहरी कार्यालय, जगतीपुरमा घटनाबारे जानकारी दिएका थिए। खबर पाउनासाथ प्रहरी नायब निरीक्षक (प्र.स.नि.) कमल बटालाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले तत्काल घाइते बालिकालाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाएको थियो। उनको अवस्था सुरुदेखि नै गम्भीर रहेको प्रहरीले जनाएको छ।

अस्पतालमा उपचारकै क्रममा बिहान ११:२० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।  

घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।  

सम्बन्धित खबर

सुर्खेतमा एसईईका लागि ३४ परीक्षा केन्द्र तय, ९ हजार भन्दा बढि विद्यार्थी सहभागी हुँदै

सुर्खेतमा एसईईका लागि ३४ परीक्षा केन्द्र तय, ९ हजार…

सुर्खेत।  माध्यमिक शिक्षा परिक्षा (एसईई) मा यस वर्ष सुर्खेत जिल्लाबाट कुल ९ हजार ७ सय ७४ जना विध्यार्थी सहभागी हुने भएका…
२८ दिनदेखि बेपत्ता सुर्खेतका १६ वर्षीय किशोर क्षितिज श्रीस मृत फेला

२८ दिनदेखि बेपत्ता सुर्खेतका १६ वर्षीय किशोर क्षितिज श्रीस…

 सुर्खेत, ५ चैत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ भर्लेनी निवासी १६ वर्षीय किशोर क्षितिज श्रीस २८ दिनपछि मृत अवस्थामा फेला परेका छन्।…
पाकिस्तानमा भारी वर्षा : १७ जनाको मृत्यु, ३० घाइते

पाकिस्तानमा भारी वर्षा : १७ जनाको मृत्यु, ३० घाइते

इस्लामाबाद । पाकिस्तान को दक्षिणी बन्दरगाह सहर कराची मा परेको अविरल वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३० जना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *