- चैत्र ५, २०८२
- No Comment
- 4
सुर्खेतमा एसईईका लागि ३४ परीक्षा केन्द्र तय, ९ हजार भन्दा बढि विद्यार्थी सहभागी हुँदै
सुर्खेत। माध्यमिक शिक्षा परिक्षा (एसईई) मा यस वर्ष सुर्खेत जिल्लाबाट कुल ९ हजार ७ सय ७४ जना विध्यार्थी सहभागी हुने भएका छन । परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुनेछ, जसमा ३४ वटा परीक्षा केन्द्र तोकिएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका शाखा अधिकृत नारायण प्रसाद पाैडेलका अनुसार गत वर्षको तुलानामा परिक्षार्थी संख्या ७५६ जनाले बढी भएका छन ।
जम्मा विध्यार्थिमा मध्ये ७ हजार २ सय ७६ नियमित तर्फका र २ हजार ४ सय ९८ जना ग्रेड वृद्धि (पुरक) तर्फका रहेकाे पाैडेलकाे भनाइ छ।
जगन्नाथ मावि विजौरा (नियमित १७२, पुरक ८०), जीवनज्योति मावि गुटु (नियमित १७९, पुरक ११७), जनता मावि विद्यापुर (नियमित २०७, पुरक १०५), विद्याज्योति मावि बावियाचौर (नियमित १६१, पुरक १८८), सूर्यप्रकाश मावि पलैटे (नियमित २६१, पुरक ९४), जनज्योति मावि बड्डीचौर (नियमित १९८, पुरक १३६), त्रिपुरेश्वर मावि ढोडेखाली (नियमित ३३४, पुरक ५१), एसओएस हरमन माइनर (नियमित २५०, पुरक २३), भैरव मावि भैरवस्थान (नियमित २८३, पुरक ८०), हरिदेलभुमि मावि तातापानी (नियमित २१७, पुरक ४१), जनमावि वीरेन्द्रनगर (नियमित २९३, पुरक १२४), नेरामावि वीरेन्द्रनगर (नियमित ३८५, पुरक १६), कृष्ण संस्कृत मावि इत्राम (नियमित ३८९, पुरक १५८), अमरज्योति मावि नेवारे (नियमित ३६०, पुरक ७९), चन्द्रगंगा नेरामावि गाग्रेताल (नियमित १५३, पुरक १२३), नेरामावि खजुरा (नियमित २५८, पुरक ८५), शिव मावि लाटिकोइली (नियमित २५९, पुरक ८७), जनसेवा मावि घुम्रा (नियमित १९५, पुरक ६७), शिव मावि धुलियाविट (नियमित १६५, पुरक ५९), र सरस्वती मावि कल्याण (नियमित ८९, पुरक ११२) लाई परीक्षा केन्द्र तोकिएको छ।
त्यसैगरी, जीवनज्योति मावि दशरथपुर (नियमित १२२, पुरक ५१), शिखर मावि रामघाट (नियमित १३३, पुरक ४४), शारदा मावि छिन्चु (नियमित १९४, पुरक १०७), प्रभात मावि थानिचौर (नियमित २११, पुरक ८२), आदर्श मावि लेखफर्सा (नियमित १९९, पुरक ५३), आनन्द मावि गुमी (नियमित १२५, पुरक ५१), सूर्यज्योति मावि मेहेलकुना (नियमित २४१, पुरक ६२), जनज्ञानभण्डार मावि कोठखोला (नियमित २११, पुरक ९), जनसेवा मावि सहारे (नियमित २०३, पुरक ३३), ने रा मावि वडाखोली (नियमित २३७, पुरक १४), भानु मावि वजेडीचौर (नियमित १८१, पुरक २२), वागेश्वरी मावि राकम (नियमित २५८, पुरक ४८), मालिका मावि मटेला (नियमित १४५, पुरक ५०) र भैरव मावि अवलाचिंग (नियमित १०८, पुरक ४७) मा पनि परीक्षा केन्द्रहरू रहनेछन्।
यस पटकको परीक्षामा प्राविधिक धारतर्फ नियमितमा १३७ र ग्रेडवृद्धि ७५ जना परीक्षार्थीहरू छन् भने ७ जना दृष्टिविहीन विद्यार्थीहरूले पनि यसै वर्ष सुर्खेतबाट परीक्षा दिने तयारी रहेको समन्वय एकाइले जनाएको छ। जिल्लाका कुल १७९ विद्यालयहरू सहभागी हुने यो परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक तयारी भइरहेको छ।
