- चैत्र ५, २०८२
- No Comment
- 2
रवि लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ
काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा आइतबारदेखि सुरु भएको सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। सोही मुद्दामा आज पुनः सुनुवाइ हुन लागेको हो।
यसअघि न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को इजलासले उक्त मुद्दालाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बराल ले मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोधमा अधिवक्ताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
उक्त रिटमाथि भइरहेको सुनुवाइलाई चासोका साथ हेरिएको छ।