• चैत्र ५, २०८२
  • No Comment
  • 8

२८ दिनदेखि बेपत्ता सुर्खेतका १६ वर्षीय किशोर क्षितिज श्रीस मृत फेला

 सुर्खेत, ५ चैत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ भर्लेनी निवासी १६ वर्षीय किशोर क्षितिज श्रीस २८ दिनपछि मृत अवस्थामा फेला परेका छन्।

गत फागुन ७ गते भोटेचुली जाने क्रममा बेपत्ता भएका क्षितिजको शव बुधबार टोट्केको जंगलमा फेला परेको प्रहरीले जनाएको छ। स्थानीय पिसल्याण्ड विद्यालयमा कक्षा १० मा अध्ययनरत उनी सोही दिनदेखि सम्पर्कविहीन भएका थिए।

परिवार र प्रहरीले लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी प्राप्त हुन नसकेको अवस्थामा भोटेचुली नजिकै पर्ने जंगल क्षेत्रमा मुख्य सडकभन्दा केही माथि उनको शव भेटिएको प्रहरीले जनाएकाे छ ।

घटनापछि स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरेको छ भने मृत्युको कारण अझै खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका अनुसार शवलाई पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको छ र घटनाबारे थप अनुसन्धान  भइरहेको छ।

सम्बन्धित खबर

सुर्खेतमा एसईईका लागि ३४ परीक्षा केन्द्र तय, ९ हजार भन्दा बढि विद्यार्थी सहभागी हुँदै

सुर्खेतमा एसईईका लागि ३४ परीक्षा केन्द्र तय, ९ हजार…

सुर्खेत।  माध्यमिक शिक्षा परिक्षा (एसईई) मा यस वर्ष सुर्खेत जिल्लाबाट कुल ९ हजार ७ सय ७४ जना विध्यार्थी सहभागी हुने भएका…
पाकिस्तानमा भारी वर्षा : १७ जनाको मृत्यु, ३० घाइते

पाकिस्तानमा भारी वर्षा : १७ जनाको मृत्यु, ३० घाइते

इस्लामाबाद । पाकिस्तान को दक्षिणी बन्दरगाह सहर कराची मा परेको अविरल वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३० जना…
रवि लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

रवि लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा आज पनि सर्वोच्च अदालतमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *