• असार ९, २०८२
  • No Comment
  • 146

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, आज बिहान करिब ७ बजेतिर आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा दिक्षालाई सर्पले टोकेको थियो। सर्पले टोकेपछि उनी बेहोस भएकी थिइन्।

परिवारका सदस्यले बिहान सवा ९ बजे इलाका प्रहरी कार्यालय, जगतीपुरमा घटनाबारे जानकारी दिएका थिए। खबर पाउनासाथ प्रहरी नायब निरीक्षक (प्र.स.नि.) कमल बटालाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले तत्काल घाइते बालिकालाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाएको थियो। उनको अवस्था सुरुदेखि नै गम्भीर रहेको प्रहरीले जनाएको छ।

अस्पतालमा उपचारकै क्रममा बिहान ११:२० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।  

घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।  

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *