• चैत्र ५, २०८२
  • No Comment
  • 4

पाकिस्तानमा भारी वर्षा : १७ जनाको मृत्यु, ३० घाइते

इस्लामाबाद । पाकिस्तान को दक्षिणी बन्दरगाह सहर कराची मा परेको अविरल वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्।

स्थानीय अधिकारी र उद्धारकर्मीहरूका अनुसार भारी वर्षाले सहरका पूर्वाधारमा क्षति पुर्‍याउँदा विभिन्न स्थानबाट हताहत भएको रिपोर्ट आएको हो। सिन्ध प्रान्तको राजधानी कराचीको बलदिया टाउन क्षेत्रमा पर्खाल ढल्दा ११ जनाको ज्यान गएको उद्धारकर्मीहरूले जनाएका छन्।

त्यस्तै, कायद आबाद क्षेत्रमा घरको छत खस्दा एक दम्पतीको मृत्यु भएको छ भने सहरका अन्य विभिन्न स्थानमा थप ६ जनाको मृत्यु भएको बताइएको छ।

कराचीका मेयर मुर्तजा वहाब ले सहरमा तीव्र हावासहित भारी वर्षा भइरहेको जानकारी दिँदै बासिन्दाहरूलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेका छन्। उनले सहरका धेरै स्थानमा पानी जमेको र त्यसले यातायात तथा दैनिक जीवन प्रभावित बनाएको उल्लेख गरे।

यस्तै, सिन्धका मन्त्री नासिर हुसेन शाह ले आँधीबेहरीपछि कराचीसहित प्रान्तभर उच्च सतर्कता घोषणा गरिएको जानकारी दिएका छन्।

यसैबीच, पाकिस्तानको मौसम विभागले पश्चिमी मौसम प्रणालीको प्रभावका कारण बिहीबारसम्म कराची र सिन्धका अन्य भागहरूमा तीव्र हावा, असिना र वर्षासहित आँधीबेहरी आउने पूर्वानुमान गरेको छ।

सम्बन्धित खबर

सुर्खेतमा एसईईका लागि ३४ परीक्षा केन्द्र तय, ९ हजार भन्दा बढि विद्यार्थी सहभागी हुँदै

सुर्खेतमा एसईईका लागि ३४ परीक्षा केन्द्र तय, ९ हजार…

सुर्खेत।  माध्यमिक शिक्षा परिक्षा (एसईई) मा यस वर्ष सुर्खेत जिल्लाबाट कुल ९ हजार ७ सय ७४ जना विध्यार्थी सहभागी हुने भएका…
२८ दिनदेखि बेपत्ता सुर्खेतका १६ वर्षीय किशोर क्षितिज श्रीस मृत फेला

२८ दिनदेखि बेपत्ता सुर्खेतका १६ वर्षीय किशोर क्षितिज श्रीस…

 सुर्खेत, ५ चैत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ भर्लेनी निवासी १६ वर्षीय किशोर क्षितिज श्रीस २८ दिनपछि मृत अवस्थामा फेला परेका छन्।…
रवि लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

रवि लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा आज पनि सर्वोच्च अदालतमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *