• असार १, २०८२
  • No Comment
  • 158

सभामुखले रास्वपा र राप्रपालाई ‘पेलेरै’ अघि बढाए संसद्

प्रमुख प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चर्को नाराबाजी र अवरोधका बीच सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधिसभाको बैठक ‘पेलेरै’ अघि बढाएका छन् । विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहँदा पनि सभामुख घिमिरेले त्यसलाई बेवास्ता गर्दै सदनको कारबाहीलाई निरन्तरता दिएका हुन् । बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । तर, सभामुख घिमिरेले अवरोधलाई पन्छाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएपछि रास्वपाका सांसदहरू थप आक्रामक बन्दै वेल घेराउ गर्न पुगेका थिए।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् । अवरोधकै बीच बोल्न समय पाएका कांग्रेस प्रमुख सचेतक घिमिरेले भने उल्टै रास्वपाको नैतिकतामाथि प्रश्न उठाए । उनले सहकारी ठगी प्रकरणमा निलम्बित सांसदलाई नै संसदीय दलको नेता बनाइराख्नु कति जायज हो भन्दै रास्वपामाथि प्रतिप्रश्न गरेका थिए । विपक्षीको नाराबाजीकै बीच कांग्रेस सचेतक घिमिरेले आफ्नो भनाइ राखेपछि सभामुखले बैठकको अन्य कारबाही अगाडि बढाएका थिए ।

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *