• असार १, २०८२
  • No Comment
  • 150

सभामुखले रास्वपा र राप्रपालाई ‘पेलेरै’ अघि बढाए संसद्

प्रमुख प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चर्को नाराबाजी र अवरोधका बीच सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधिसभाको बैठक ‘पेलेरै’ अघि बढाएका छन् । विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहँदा पनि सभामुख घिमिरेले त्यसलाई बेवास्ता गर्दै सदनको कारबाहीलाई निरन्तरता दिएका हुन् । बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । तर, सभामुख घिमिरेले अवरोधलाई पन्छाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएपछि रास्वपाका सांसदहरू थप आक्रामक बन्दै वेल घेराउ गर्न पुगेका थिए।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् । अवरोधकै बीच बोल्न समय पाएका कांग्रेस प्रमुख सचेतक घिमिरेले भने उल्टै रास्वपाको नैतिकतामाथि प्रश्न उठाए । उनले सहकारी ठगी प्रकरणमा निलम्बित सांसदलाई नै संसदीय दलको नेता बनाइराख्नु कति जायज हो भन्दै रास्वपामाथि प्रतिप्रश्न गरेका थिए । विपक्षीको नाराबाजीकै बीच कांग्रेस सचेतक घिमिरेले आफ्नो भनाइ राखेपछि सभामुखले बैठकको अन्य कारबाही अगाडि बढाएका थिए ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *