• जेष्ठ १६, २०८२
  • No Comment
  • 77

यी चिया बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान!

काठमाडौँ ।बिहानको सुरुवात ऊर्जाशील र ताजगीपूर्ण बनाएर दिनभर सक्रिय रहन चाहनुहुन्छ भने अबदेखि कफी होइन, स्वास्थ्यवर्द्धक चियाहरूको विकल्प रोज्नुहोस्। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहान खाली पेट यस्ता चिया सेवन गर्दा शरीर स्वस्थ मात्रै होइन, तपाईंलाई सधैंजसो जवान देखिन सहयोग गर्छ।

स्वास्थ्य विशेषज्ञ क्रिस्टिन ड्रेयर भन्छिन्, “स्वस्थ चिया पिउनुले शरीरमा ऊर्जा प्रदान गर्छ र मुड पनि राम्रो राख्छ। क्याफिनको कम मात्रा र प्राकृतिक तत्वहरूले चियालाई स्वास्थ्यका लागि उपयोगी बनाउँछन्।”

चियामा यदि तुलसी, अदुवा, लौंग जस्ता जडीबुटी मिलाइयो भने यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। यहाँ केही यस्ता चियाहरू छन्, जुन बिहान पिउँदा तपाईंको स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुनेछन्:

१. ग्रीन टी (Green Tea)

ग्रीन टीमा मध्यम मात्रामा क्याफिन हुन्छ, साथै एल–थिनाइन नामक तत्व पाइन्छ, जसले ऊर्जा र एकाग्रता दुवै बढाउँछ। यसमा प्रशस्त मात्रामा पोलिफेनोल र एन्टिअक्सिडेन्ट हुन्छ, जसले मस्तिष्कलाई दीर्घकालीन रूपमा स्वस्थ राख्न सहयोग गर्छ।
नियमित ग्रीन टी सेवनले तौल घटाउन, छाला चम्किलो बनाउने र शरीरलाई जवान देखाउने प्रभाव पार्दछ।

२. पुदिनाको चिया (Peppermint Tea)

पुदिनाको पातबाट बनेको चियाले दिनभरि ऊर्जा प्रदान गर्छ। यसको नियमित सेवनले पाचन प्रणाली सुधार गर्नुका साथै रोगहरूबाट बचाउँछ।
पुदिनाको चिया क्याफिनयुक्त चिया होइन तर यसको शीतल स्वादले शरीरलाई ताजगी र स्फूर्तता दिन्छ।

३. सेतो चिया (White Tea)

अत्यधिक प्रशोधन नगरिएको सेतो चिया स्वादमा हल्का भए पनि पोषणमा धनी हुन्छ। यसमा कम क्याफिन रहन्छ – प्रति कप ६ देखि ५५ मिलिग्रामसम्म – जसले मस्तिष्कमा सजगताको अनुभूति गराउँछ।
यसमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइन्छ, जसले छालालाई स्वस्थ राख्न र उमेरसँग लड्न मद्दत गर्दछ।

 यदि तपाईं आफ्नो दिनको सुरुवात ऊर्जा, फोकस र ताजगीका साथ गर्न चाहनुहुन्छ भने यी स्वास्थ्यवर्द्धक चियाहरूलाई आफ्नो बिहानको दिनचर्यामा समावेश गर्नुहोस्। चिया पिउँदा अब स्वाद मात्र होइन, स्वास्थ्य र युवावस्थाको ग्यारेन्टी पनि साथमा ल्याउनुहोस्।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *