• जेष्ठ ७, २०८२
  • No Comment
  • 106

सुरक्षा घेरामा एमाले धनुषाको चुनाव

जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न कडा सुरक्षा घेरामा आज मतदान जारी छ ।
मतदानस्थल जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । मतदाता परिचयपत्रधारी बाहेक कसैले पनि मतदान स्थलमा प्रवेश पाएका छैनन्, त्यसका लागि निधि भवनको मुख्यद्वारमै दुई घेरामा सुरक्षाकर्मी खटेका छन् । मुख्यद्वार अगाडि सशस्त्र र पछाडी नेपाल प्रहरी परिचलान गरिएको छ । विहान १० बजेबाट सुरु हुने भनिएको मतदान करिब ११ बजेबाट सुरु भयो । मतदान २ बजेसम्मका लागि तोकिएको छ । तर डेढ घण्टा ढिलो सुरु भएकाले त्यो समय थपिने एक नेताले बताए । उनका अनुसार मतदान गर्न लाइनमा खडा भइसकेका मतदाता ढिलो गरेर पनि मतदान गर्न पाउनेछन् । कुल ६२८ मतदाता छन् ।

एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरियाले जिल्ला पदाधिकारदेखि सदस्यसम्म प्यानल बनाएर उम्मेदवार मैदानमा उतारेका छन् । महासेठले भोला यादव र अरगरियाले लक्ष्मीनारायण यादवलाई अध्यक्षका लागि प्रतिस्पर्धामा उतारेका हुन् । चुनावमा भोला र लक्ष्मीनारायणको प्रतिस्पर्धा हुनेछ । तर चुनावी माहोल हेर्दा महासेठ र अरगरिया आपसमा भिडेको देखिन्छ । यी दुई केन्द्रीय नेता यो चुनावलाई प्रतिष्ठाको लडाईं बनाएको नेताहरु नै बताउँछन् । उम्मेदवारको विषयमा महासेठ र अरगरिया समूहबीच विवादपछि कुटाकुट भएपछि वैशाख २३ मा मतदान प्रक्रिया स्थगित भएको थियो । त्यसैले आजको मतदान शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा कडा पारिएको छ । मतदान स्थलमा संचारकर्मीको प्रवेश समेत निषेध छ ।

सम्बन्धित खबर

हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…
सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेत – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा बढ्दो अनियमितता र नक्कली परीक्षार्थीको प्रवेश रोक्न सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले बायोमेट्रिक प्रणाली लागू…

Leave a Reply

Your email address will not be published. Required fields are marked *