• जेष्ठ ७, २०८२
  • No Comment
  • 140

सुरक्षा घेरामा एमाले धनुषाको चुनाव

जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न कडा सुरक्षा घेरामा आज मतदान जारी छ ।
मतदानस्थल जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । मतदाता परिचयपत्रधारी बाहेक कसैले पनि मतदान स्थलमा प्रवेश पाएका छैनन्, त्यसका लागि निधि भवनको मुख्यद्वारमै दुई घेरामा सुरक्षाकर्मी खटेका छन् । मुख्यद्वार अगाडि सशस्त्र र पछाडी नेपाल प्रहरी परिचलान गरिएको छ । विहान १० बजेबाट सुरु हुने भनिएको मतदान करिब ११ बजेबाट सुरु भयो । मतदान २ बजेसम्मका लागि तोकिएको छ । तर डेढ घण्टा ढिलो सुरु भएकाले त्यो समय थपिने एक नेताले बताए । उनका अनुसार मतदान गर्न लाइनमा खडा भइसकेका मतदाता ढिलो गरेर पनि मतदान गर्न पाउनेछन् । कुल ६२८ मतदाता छन् ।

एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरियाले जिल्ला पदाधिकारदेखि सदस्यसम्म प्यानल बनाएर उम्मेदवार मैदानमा उतारेका छन् । महासेठले भोला यादव र अरगरियाले लक्ष्मीनारायण यादवलाई अध्यक्षका लागि प्रतिस्पर्धामा उतारेका हुन् । चुनावमा भोला र लक्ष्मीनारायणको प्रतिस्पर्धा हुनेछ । तर चुनावी माहोल हेर्दा महासेठ र अरगरिया आपसमा भिडेको देखिन्छ । यी दुई केन्द्रीय नेता यो चुनावलाई प्रतिष्ठाको लडाईं बनाएको नेताहरु नै बताउँछन् । उम्मेदवारको विषयमा महासेठ र अरगरिया समूहबीच विवादपछि कुटाकुट भएपछि वैशाख २३ मा मतदान प्रक्रिया स्थगित भएको थियो । त्यसैले आजको मतदान शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा कडा पारिएको छ । मतदान स्थलमा संचारकर्मीको प्रवेश समेत निषेध छ ।

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *