• जेष्ठ १, २०८२
  • No Comment
  • 99

एउटै दलले ५ वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँ: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक रहेको बताएका छन् । काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकमा बलियो राज्यको सरकारको निर्माण नभएसम्म सुधारको प्रक्रिया कमजोर हुने बताए । उनले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी रहेको बताए ।

उनले आगामी निर्वाचनमा मिलिजुली सरकार नभइ एउटै राजनीतिक दलले पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्ने बताए । महासचिव पोखरेलले राष्ट्रिय पार्टीहरुलाई बलियो नबनाएसम्म नीतिगत सुधार हुन नसक्ने बताए । राष्ट्रिय पार्टीहरुलाई बलियो बनाउन निजी क्षेत्र एक भएर उभिनुपर्ने बताए । प्रशासनिक झमेला र सुधारमा सबैले समस्या व्यहोरिरहेको भन्दै नेपालको ब्युरोकेसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र नै रहेको बताए ।

महासचिव पोखरेलले भने, ‘जबसम्म मुलुकमा एउटा बलियो राज्यको निर्माण हुँदैन, सुधारको प्रक्रिया कमजोर हुन्छ भन्ने अर्थमा हामीले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नेकुरा । यो मिलिजुली सरकार होइन । बलियो सरकार निर्माण गर्ने दिशातर्फ मुलुलाई लैजानुपर्छ भन्ने अर्थमा दुई वटा पार्टी मिलेर आउने चुनाव एमाले वा काँग्रेसले जितेपनि, जसले जितेपनि पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्दछ भन्ने मान्यता किन बनाएका छौँ त भन्दा यस्तै प्रकारको नीतिगत सुधारका लागि हो ।’

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *