• जेष्ठ १, २०८२
  • No Comment
  • 147

एउटै दलले ५ वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँ: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक रहेको बताएका छन् । काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकमा बलियो राज्यको सरकारको निर्माण नभएसम्म सुधारको प्रक्रिया कमजोर हुने बताए । उनले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी रहेको बताए ।

उनले आगामी निर्वाचनमा मिलिजुली सरकार नभइ एउटै राजनीतिक दलले पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्ने बताए । महासचिव पोखरेलले राष्ट्रिय पार्टीहरुलाई बलियो नबनाएसम्म नीतिगत सुधार हुन नसक्ने बताए । राष्ट्रिय पार्टीहरुलाई बलियो बनाउन निजी क्षेत्र एक भएर उभिनुपर्ने बताए । प्रशासनिक झमेला र सुधारमा सबैले समस्या व्यहोरिरहेको भन्दै नेपालको ब्युरोकेसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र नै रहेको बताए ।

महासचिव पोखरेलले भने, ‘जबसम्म मुलुकमा एउटा बलियो राज्यको निर्माण हुँदैन, सुधारको प्रक्रिया कमजोर हुन्छ भन्ने अर्थमा हामीले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नेकुरा । यो मिलिजुली सरकार होइन । बलियो सरकार निर्माण गर्ने दिशातर्फ मुलुलाई लैजानुपर्छ भन्ने अर्थमा दुई वटा पार्टी मिलेर आउने चुनाव एमाले वा काँग्रेसले जितेपनि, जसले जितेपनि पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्दछ भन्ने मान्यता किन बनाएका छौँ त भन्दा यस्तै प्रकारको नीतिगत सुधारका लागि हो ।’

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *