• बैशाख ३०, २०८२
  • No Comment
  • 9

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ बराबरको कारोबार भएको छ । विकास बैंक समूह शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ९५ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३०, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन दुई दशमलव २१, जलविद्युत् एक दशमलव १८ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले घटेको छ । त्यसैगरी, लघुवित्त शून्य दशमलव ६९, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा समूह शून्य दशमलव ५९, व्यापार दुई दशमलव ४६ र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ ।
आजको कारोबारमा क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ । यो कम्पनीको ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार चार सय ८९ कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित खबर

कर्णालीका व्यवसायीको ऐक्यबद्धता सहित सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द

कर्णालीका व्यवसायीको ऐक्यबद्धता सहित सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द

वीरेन्द्रनगर। गण्डकी प्रदेश सरकारले ल्याएको ‘निजी सवारी साधन (रातो प्लेट) सञ्चालन गर्नेसम्बन्धी नियमावली २०८२’ को विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले देशव्यापी आन्दोलन…
जाजरकोटमा सडकबाट लडी एक व्यक्तिको मृत्यु

जाजरकोटमा सडकबाट लडी एक व्यक्तिको मृत्यु

जाजरकोट।  जाजरकोटको बारेकोट गाउँपालिका–८ बन्डलाका एक पुरुषको सडकबाट खस्दा ज्यान गएको छ। आइतबार राति ३५ वर्षीय लाल बहादुर सिंह घर फर्कने…
गर्मीमा एसिडिटीले सताउँदैछ? यी ६ घरेलु उपायले दिन्छ राहत

गर्मीमा एसिडिटीले सताउँदैछ? यी ६ घरेलु उपायले दिन्छ राहत

काठमाडौँ।  गर्मीयाममा अत्यधिक घाम, पसिना र असन्तुलित खानपानका कारण एसिडिटीको समस्या तीव्र हुने गर्छ। यस्तो अवस्थामा औषधिको भर नपरी घरमै उपलब्ध…

Leave a Reply

Your email address will not be published. Required fields are marked *