• बैशाख ३०, २०८२
  • No Comment
  • 91

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ बराबरको कारोबार भएको छ । विकास बैंक समूह शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ९५ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३०, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन दुई दशमलव २१, जलविद्युत् एक दशमलव १८ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले घटेको छ । त्यसैगरी, लघुवित्त शून्य दशमलव ६९, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा समूह शून्य दशमलव ५९, व्यापार दुई दशमलव ४६ र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ ।
आजको कारोबारमा क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ । यो कम्पनीको ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार चार सय ८९ कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *