• बैशाख २१, २०८२
  • No Comment
  • 128

भेरीगंगाको झिगेनारा खोलामा शव भेटिएको युवती प्रेमा ओली भएको पुष्टि

वीरेन्द्रनगर। सुर्खेतको भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ । मृतक गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली रहेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार घटनास्थल पुगेका आफन्तले उनको शव पहिचान गरेका हुन् । रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटर दुरीमा ओलीको शव भेटिएको हो । पानीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो ।

शनिबार बिहान उनी घरबाट छिन्चु बजार जान्छु भनी हिँडेकी थिइन् । घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । अनुसन्धानका लागि प्रहरीको केनाई शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत पुगेको छ । मृत्युबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे…

 काठमाडौं, १४ वैशाख – सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षासहित शैक्षिक सहजीकरणका लागि सरकारले ६ बुँदे सर्कुलर जारी गरेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *