• बैशाख २१, २०८२
  • No Comment
  • 33

भेरीगंगाको झिगेनारा खोलामा शव भेटिएको युवती प्रेमा ओली भएको पुष्टि

वीरेन्द्रनगर। सुर्खेतको भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ । मृतक गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली रहेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार घटनास्थल पुगेका आफन्तले उनको शव पहिचान गरेका हुन् । रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटर दुरीमा ओलीको शव भेटिएको हो । पानीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो ।

शनिबार बिहान उनी घरबाट छिन्चु बजार जान्छु भनी हिँडेकी थिइन् । घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । अनुसन्धानका लागि प्रहरीको केनाई शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत पुगेको छ । मृत्युबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *