• बैशाख १९, २०८२
  • No Comment
  • 50

आईपीएल २०२५: मुम्बई शीर्ष स्थानमा, राजस्थान १०० रनले पराजित  

काठमाडौं । लगातार छैटौँ जित हासिल गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को अंक तालिकाको शीर्ष स्थानमा  छ। बिहीबार जयपुरमा भएको खेलमा मुम्बईले घरेलु टोली राजस्थान रोयल्सलाई १०० रनले पराजित गर्दै प्लेअफ स्थान पक्का गरेको छ, भने राजस्थान प्रतियोगिताबाट बाहिरिएको छ।

जयपुरमा सन् २०१२ यता पहिलो पटक जित निकाल्दै मुम्बईले २१७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २ विकेट गुमाएर २१७ रन बनायो। मुम्बईका ओपनर रेन रिकेल्टनले ३८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए र रोहित शर्मासँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे। रोहितले ३६ बलमा ५३ रन जोडे।

सूर्यकुमार यादव र हार्दिक पाण्ड्या दुबै जना २ रनले अर्धशतकबाट चुके। उनीहरूले समान रूपमा २३ बलमा ४८–४८ रन बनाएर टोलीको योगफल मजबुत बनाए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानको इनिङ १६.१ ओभरमा ११७ रनमै सीमित भयो। जोफ्रा आर्चरले ३० रन बनाएपनि अन्य खेलाडी खासै चम्कन सकेनन्। मुम्बईका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे — करण शर्माले ३ विकेट (४ ओभरमा २३ रन), ट्रेन्ड बोल्टले ३ विकेट (२.१ ओभरमा २८ रन), र जसप्रित बुमराहले २ विकेट (४ ओभरमा १५ रन) लिए।

यो जितसँगै मुम्बई १४ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। अर्कोतर्फ राजस्थानले ११ खेलमा ३ जित र ८ हार ब्यहोरेको छ। अब उसले बाँकी ३ खेल जित्दा पनि प्लेअफ सम्भावना समाप्त भएको छ।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *