• साउन १४, २०८२
  • No Comment
  • 136

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा क्षेत्रमा पर्यटकहरूलाई लक्षित गरी आकर्षक र आवश्यक भौतिक संरचनाहरू निर्माण सम्पन्न भएपछि यो सम्भव भएको हो। यसले आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्रीहरूलाई ठूलो राहत मिलेको छ।

पर्यटन बोर्डको ‘कैलाश मानसरोवर बहुक्षेत्र योजना’ अन्तर्गत करिब एक करोडको लगानीमा यी संरचनाहरू निर्माण गरिएका हुन्। गत असारमै सम्पन्न भएको यस परियोजना अन्तर्गत पर्यटकहरूलाई चिसो र हावाहुरीबाट बच्दै भित्रैबाट दृश्यावलोकन गर्न मिल्ने सिसाजडित भवन, हल, शौचालय, फोहोर व्यवस्थापनका लागि डस्टबिन र फोहोर जलाउने खाडलका साथै दुई वटा आकर्षक स्तुपा समेत बनाइएको छ। यसअघि पूर्वाधार अभावमा तीर्थयात्रीहरूले खुला ठाउँमा शौच गर्नुपर्ने र मौसम बिग्रँदा तुरुन्तै फर्कनुपर्ने बाध्यता थियो। अब भने पर्यटकहरूले सफा वातावरणमा बसेर आराम गर्दै कैलाश मानसरोवरको दिव्य दर्शन गर्न सक्नेछन्।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *