• साउन १४, २०८२
  • No Comment
  • 227

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण गरिएको छ ।

साउथ एशियन स्कलर्स एकेडेमीका निर्देशक गणेश अधिकारी र कार्यकारी प्रमुख छत्र बडुवालको पहलमा विद्यालयलाई एक थान सोफा सेट, दुई थान अफिस कुर्सी र तीन थान अफिस टेबल प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण हमाल चालिसेले सम्पूर्ण विद्यालय परिवारको तर्फबाट यो सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको यो सद्भावले आपसी सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्दै शिक्षा क्षेत्रको समग्र विकासमा यस्तो सहयोग सकारात्मक हुने बताए ।

यस सहयोगले सामुदायिक विद्यालयमा भौतिक सुविधा थपिएको छ भने, निजी तथा सामुदायिक विद्यालयबीचको सहकार्यलाई समेत थप प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

दूध र पानीमा बेसार मिसाएर पिउनुका १२ फाइदा

दूध र पानीमा बेसार मिसाएर पिउनुका १२ फाइदा

काठमाडौं । आयुर्वेदका अनुसार बेसार औषधीय गुणले भरिपूर्ण प्राकृतिक पदार्थ हो । विशेषगरी जाडो मौसममा यसको नियमित सेवनले स्वास्थ्यमा धेरै लाभ…
चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव

चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव

सुर्खेत। चौकुने गाउँपालिका–१० स्थित घाटगाँऊ स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा…
कर्णालीमा डोरितान टेक्निकल सेमिनार सम्पन्न, ५१ सदस्यीय प्रदेश प्राविधिक समिति गठन

कर्णालीमा डोरितान टेक्निकल सेमिनार सम्पन्न, ५१ सदस्यीय प्रदेश प्राविधिक…

सुर्खेत। नेपाल डोरितान संघ कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय डोरितान टेक्निकल सेमिनार शनिबार सुर्खेतमा सम्पन्न भएको छ। विद्यालय तथा समुदाय तहमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *