• साउन १४, २०८२
  • No Comment
  • 217

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण गरिएको छ ।

साउथ एशियन स्कलर्स एकेडेमीका निर्देशक गणेश अधिकारी र कार्यकारी प्रमुख छत्र बडुवालको पहलमा विद्यालयलाई एक थान सोफा सेट, दुई थान अफिस कुर्सी र तीन थान अफिस टेबल प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण हमाल चालिसेले सम्पूर्ण विद्यालय परिवारको तर्फबाट यो सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको यो सद्भावले आपसी सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्दै शिक्षा क्षेत्रको समग्र विकासमा यस्तो सहयोग सकारात्मक हुने बताए ।

यस सहयोगले सामुदायिक विद्यालयमा भौतिक सुविधा थपिएको छ भने, निजी तथा सामुदायिक विद्यालयबीचको सहकार्यलाई समेत थप प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *