• बैशाख १९, २०८२
  • No Comment
  • 123

आईपीएल २०२५: मुम्बई शीर्ष स्थानमा, राजस्थान १०० रनले पराजित  

काठमाडौं । लगातार छैटौँ जित हासिल गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को अंक तालिकाको शीर्ष स्थानमा  छ। बिहीबार जयपुरमा भएको खेलमा मुम्बईले घरेलु टोली राजस्थान रोयल्सलाई १०० रनले पराजित गर्दै प्लेअफ स्थान पक्का गरेको छ, भने राजस्थान प्रतियोगिताबाट बाहिरिएको छ।

जयपुरमा सन् २०१२ यता पहिलो पटक जित निकाल्दै मुम्बईले २१७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २ विकेट गुमाएर २१७ रन बनायो। मुम्बईका ओपनर रेन रिकेल्टनले ३८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए र रोहित शर्मासँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे। रोहितले ३६ बलमा ५३ रन जोडे।

सूर्यकुमार यादव र हार्दिक पाण्ड्या दुबै जना २ रनले अर्धशतकबाट चुके। उनीहरूले समान रूपमा २३ बलमा ४८–४८ रन बनाएर टोलीको योगफल मजबुत बनाए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानको इनिङ १६.१ ओभरमा ११७ रनमै सीमित भयो। जोफ्रा आर्चरले ३० रन बनाएपनि अन्य खेलाडी खासै चम्कन सकेनन्। मुम्बईका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे — करण शर्माले ३ विकेट (४ ओभरमा २३ रन), ट्रेन्ड बोल्टले ३ विकेट (२.१ ओभरमा २८ रन), र जसप्रित बुमराहले २ विकेट (४ ओभरमा १५ रन) लिए।

यो जितसँगै मुम्बई १४ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। अर्कोतर्फ राजस्थानले ११ खेलमा ३ जित र ८ हार ब्यहोरेको छ। अब उसले बाँकी ३ खेल जित्दा पनि प्लेअफ सम्भावना समाप्त भएको छ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *