• बैशाख ९, २०८२
  • No Comment
  • 16

कालिकोटमा गम्भिर अवस्थाकी सुत्केरीको हेलिकोप्टरद्धारा उद्धार

कालिकोट । सोमबार बिहान ४ बजेदेखि सुत्केरी व्यथाले छटपटाएकी नरहरिनाथ गाउँपालिका–७ गुब्लागडा मालकोटकी घुमिसरा बुढा शाहीको नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्धार गरिएको छ ।

३० वर्षीया घुमिसरालाई दोस्रो सन्तान जन्माउने क्रममा अत्यधिक व्यथा लागेपछि स्थानीय स्वास्थ्य चौकी मालकोटले सिफारिस गरे अनुसार राष्ट्रपति महिला सुरक्षा कार्यक्रमबाट हेलिकोप्टरमा सुर्खेत लागिएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताएका छन् । गाउँमा सुत्केरी व्यथाले च्यापेपछि अवस्था जटिल भयो, उनले भने, पहल गरेर हेलिकोप्टरमा उद्धार सम्भव भयो ।

स्वास्थ्यचौकी मालकोटका इञ्चार्ज अमरबहादुर बटालाले अवस्थालाई गम्भीर र जटिल बताउँदै तुरुन्तै उच्चस्तरीय उपचार आवश्यक रहेकोले रिफर गरिएको जानकारी दिए ।

सम्बन्धित खबर

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट एक ७२ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् । दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर…
वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *