• बैशाख ९, २०८२
  • No Comment
  • 156

कालिकोटमा गम्भिर अवस्थाकी सुत्केरीको हेलिकोप्टरद्धारा उद्धार

कालिकोट । सोमबार बिहान ४ बजेदेखि सुत्केरी व्यथाले छटपटाएकी नरहरिनाथ गाउँपालिका–७ गुब्लागडा मालकोटकी घुमिसरा बुढा शाहीको नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्धार गरिएको छ ।

३० वर्षीया घुमिसरालाई दोस्रो सन्तान जन्माउने क्रममा अत्यधिक व्यथा लागेपछि स्थानीय स्वास्थ्य चौकी मालकोटले सिफारिस गरे अनुसार राष्ट्रपति महिला सुरक्षा कार्यक्रमबाट हेलिकोप्टरमा सुर्खेत लागिएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताएका छन् । गाउँमा सुत्केरी व्यथाले च्यापेपछि अवस्था जटिल भयो, उनले भने, पहल गरेर हेलिकोप्टरमा उद्धार सम्भव भयो ।

स्वास्थ्यचौकी मालकोटका इञ्चार्ज अमरबहादुर बटालाले अवस्थालाई गम्भीर र जटिल बताउँदै तुरुन्तै उच्चस्तरीय उपचार आवश्यक रहेकोले रिफर गरिएको जानकारी दिए ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *