• चैत्र २६, २०८१
  • No Comment
  • 174

  शाहाकारीहरूका लागि याे दाल प्राेटिनकाे उत्तम स्रोत

काठमाडौँ । शाकाहारी जीवनशैली अपनाउनेहरूका लागि प्रोटिनको राम्रो स्रोत पत्ता लगाउनु सधैं चुनौतीपूर्ण हुन्छ। यस्ता व्यक्तिहरूका लागि हरियो मुगको दाल एक आदर्श विकल्प बन्नसक्छ, जसले शरीरलाई आवश्यक पोषण प्रदान गर्न मात्र होइन, विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन पनि मद्दत गर्छ।

विशेषज्ञहरूका अनुसार मुगको दालमा प्रोटिन, फाइबर, भिटामिन ए, बी, सी, ई, साथै फलाम, पोटासियम, म्याग्नेसियम, तामा र जिंकजस्ता महत्त्वपूर्ण खनिज पाइन्छन्। यी सबै तत्वहरूले शरीरलाई बलियो बनाउने मात्र होइन, स्वस्थ रहन आवश्यक भूमिका खेल्छन्।

मांसपेशी बलियो बनाउने
मुगको दालले मांसपेशीलाई मजबुत बनाउँछ। यसमा पाइने प्रोटिन र अन्य खनिजहरूले शरीरको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्। शारीरिक तन्दुरुस्ती चाहनेहरूका लागि यो विशेष लाभदायी हुनसक्छ।

पाचन प्रणालीमा सुधार
सजिलै पच्ने गुणका कारण मुगको दाल पाचन प्रक्रियाका लागि फाइदाजनक मानिन्छ। यसमा भएको फाइबरले कब्जियत जस्ता समस्या कम गर्न सहयोग गर्छ।

मुटु स्वास्थ्यमा सुधार
मुगको दालमा पाइने पोषक तत्वहरूले मुटु स्वस्थ राख्न मद्दत गर्छन्। नियमित रूपमा यसको सेवनले मुटु सम्बन्धी समस्याबाट राहत मिल्न सक्छ।

कोलेस्ट्रोल नियन्त्रणमा सहयोगी
मुगको दालमा पाइने एन्टिअक्सिडेन्टहरूले शरीरमा खराब कोलेस्ट्रोल कम गरेर राम्रो कोलेस्ट्रोलको मात्रा बढाउन सहयोग पुर्‍याउँछन्। यसले मोटोपन र अन्य सम्बन्धित रोगहरूबाट पनि बचाउँछ।

स्वास्थ्य सचेत नागरिकहरूका लागि मुगको दाल एक सस्तो, सजिलो र पोषणयुक्त विकल्प हो। दैनिक आहारमा यसको समावेशले दीर्घकालीन स्वास्थ्य फाइदा पुर्‍याउने विशेषज्ञहरूको सुझाव छ।

सम्बन्धित खबर

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *