• चैत्र २२, २०८१
  • No Comment
  • 18

क्यानडाका क्रिकेट कप्तान निकोलस किर्तन ९ किलो गाँजासहित पक्राउ

क्यानडाका क्रिकेट टिमका कप्तान निकोलस किर्तन ९ किलो गाँजासहित पक्राउ परेका छन्।

उनी आइतबार एअर क्यानडाको विमानमार्फत आफ्नो जन्मस्थान ग्रान्टली एडम्स अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट करिब २० पाउन्ड (९.०७ किलो) गाँजा बरामद गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँको कानुन अनुसार ५७ ग्रामभन्दा बढी गाँजा बोकेको भेटिएमा अपराध मानिन्छ। किर्तनले १६० गुणा बढी गाँजा बोकेको पाइएको छ।

२६ वर्षीय किर्तन यसै साता हुन लागेको बर्मुडा स्म्याश इनभिटेशनल प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय खेलाडीका रूपमा छनोट भएका थिए।

क्रिकेट क्यानडाले एक विज्ञप्ति जारी गर्दै घटनाको निगरानी गरिरहेको र राष्ट्रिय टिम उत्तर अमेरिकी कपको तयारीमा रहेको जानकारी दिएको छ।

बर्मुडा क्रिकेट बोर्डले भने यसबारे कुनै टिप्पणी गर्न मानेको छैन।

निकोलस किर्तनले २०२२ मा भएको आईसीसी विश्वकप छनोटमा क्यानडाका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनी २०२४ को जुलाईमा कप्तान नियुक्त भएका थिए। उनले अन्तिमपटक २०२५ को मार्च १५ मा नामिबियासँग खेल खेलेका थिए।

उनले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सबाट पनि खेलेका थिए।

सम्बन्धित खबर

सुर्खेतमा शिक्षकहरुलाई २ दिने तालिम (फाेटाेहरू सहित)

सुर्खेतमा शिक्षकहरुलाई २ दिने तालिम (फाेटाेहरू सहित)

सुर्खेतमा नाशा एकेडेमी र सुर्खेत देउती नेपाल बोर्डिग स्कुलले २ दिने मन्टेश्वरी ट्रेनिगं एण्ड वर्कसप तालिम संयूक्त रुपमा सपन्न गरेका छन्…
चौकुने गाउँपालिका ८ गुटुमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ गुटुमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा न ८ को सभाहलमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको…
घाटगाऊ बृहत सिँचाइ आयोजना कार्यान्वयन सम्बन्धि चौकुने गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

घाटगाऊ बृहत सिँचाइ आयोजना कार्यान्वयन सम्बन्धि चौकुने गाउँपालिका अध्यक्षलाई…

चौकुने। घाटगाँउ वृहत् सिँचाइ आयोजनाका अध्यक्ष जनक बहादुर रावल र उपाध्यक्ष गंगाराम बि क को टोलीले चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *