• बैशाख ५, २०८२
  • No Comment
  • 113

चौकुने गाउँपालिका ८ गुटुमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा न ८ को सभाहलमा जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । चौकुने गाउँपालिकामा अष्ट्रेलियन एडको आर्थिक सहयोग र (LWF ) को प्राबिधिक सहयोग र समाज जागरण स्याक नेपालद्वरा संचालित ( seemple) सिमान्तकृत समुदायका लागि आर्थिक सामाजिक सशक्तीकरण परियोजना अन्तरगत २ दिने बैशाख ५/६ गतेसम्म जलवायु परिवर्तन सम्बन्धि अभिमुखीकरण कार्यक्रम मा चौकुने गाउँपालिकामा रहेको कर्णाली जागरण केन्द्रका श्री जयन्ती दर्लामीको अध्यक्षयतामा संचालन भएको छ ।

तालिमले जलवायु परिवर्तन अनुकुलन, विपद जोखिम न्युनिकरण, बायो–ईन्जिनियरिङ र मुलाधार÷जलाधार व्यवस्थापनका विषयमा स्थानीय तहलाइ आबश्यक पर्ने जनशक्ति उत्पादन गर्न मद्दत गर्ने अपाङ्गता सचेतना केन्द्र चौकुने का अध्यक्ष दिपक गौतमले भनाइ राखेका थिए ।

चौकुने गाउँपालिका ८ स्थित सभाहलमा आयोजना गरीएको उक्त दुइ दिने जलवायु परिवर्तन जोखिम ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण तालिममा प्रशिक्षक त्रिभुवन बि सीले सहजीकरण गर्नु भएको थियो । साथै उक्त परियोजनाले परियोजना सञ्चालित भएका सिमान्कृत समुदायका सदस्य हरुलाई दुइ दिनसम्म प्रकोप जोखिम न्यूनीकरण र जलवायु परिवर्तन सम्बन्धी तालिम दिने स्याक नेपालद्वरा संचालित सिम्पल परियोजनाका संयोजक गणेश बि क ले जानकारी दिनुभएको छ ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *