• चैत्र २२, २०८१
  • No Comment
  • 172

क्यानडाका क्रिकेट कप्तान निकोलस किर्तन ९ किलो गाँजासहित पक्राउ

क्यानडाका क्रिकेट टिमका कप्तान निकोलस किर्तन ९ किलो गाँजासहित पक्राउ परेका छन्।

उनी आइतबार एअर क्यानडाको विमानमार्फत आफ्नो जन्मस्थान ग्रान्टली एडम्स अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट करिब २० पाउन्ड (९.०७ किलो) गाँजा बरामद गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँको कानुन अनुसार ५७ ग्रामभन्दा बढी गाँजा बोकेको भेटिएमा अपराध मानिन्छ। किर्तनले १६० गुणा बढी गाँजा बोकेको पाइएको छ।

२६ वर्षीय किर्तन यसै साता हुन लागेको बर्मुडा स्म्याश इनभिटेशनल प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय खेलाडीका रूपमा छनोट भएका थिए।

क्रिकेट क्यानडाले एक विज्ञप्ति जारी गर्दै घटनाको निगरानी गरिरहेको र राष्ट्रिय टिम उत्तर अमेरिकी कपको तयारीमा रहेको जानकारी दिएको छ।

बर्मुडा क्रिकेट बोर्डले भने यसबारे कुनै टिप्पणी गर्न मानेको छैन।

निकोलस किर्तनले २०२२ मा भएको आईसीसी विश्वकप छनोटमा क्यानडाका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनी २०२४ को जुलाईमा कप्तान नियुक्त भएका थिए। उनले अन्तिमपटक २०२५ को मार्च १५ मा नामिबियासँग खेल खेलेका थिए।

उनले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सबाट पनि खेलेका थिए।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *