• बैशाख ५, २०८२
  • No Comment
  • 43

सुर्खेतमा लागु औषधसहित आमा-छोरा पक्राउ

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा लागु औषध सहित आमाछोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेद्रनगर-१२ पदमपुर निवासी  ४५ वर्षीया बिनिता दर्लामी उनकै छोरा २४ वर्षीय बसन्त दर्लामी रहेका छन् ।

बिहीवार दिउँसो १ बजेको समयमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

उनीहरूको घर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २८ पुडिया प्रहरीले फेला पारेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आजको मौसम 

आजको मौसम 

काठमाडौँ । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण पाँच प्रदेशमा…
घरेलु विधिबाट दूधको शुद्धता कसरी चिन्ने ? हेर्नुहाेस

घरेलु विधिबाट दूधको शुद्धता कसरी चिन्ने ? हेर्नुहाेस

काठमाडौँ । बजारमा पाइने दूधको गुणस्तरप्रति व्यापक आशंका व्यक्त भइरहेका बेला विज्ञ तथा उपभोक्ता अधिकारकर्मीहरूले घरमै दूधको शुद्धता परीक्षण गर्ने सजिला…
प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *