• बैशाख ५, २०८२
  • No Comment
  • 175

घाटगाऊ बृहत सिँचाइ आयोजना कार्यान्वयन सम्बन्धि चौकुने गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

चौकुने। घाटगाँउ वृहत् सिँचाइ आयोजनाका अध्यक्ष जनक बहादुर रावल र उपाध्यक्ष गंगाराम बि क को टोलीले चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपाने र उपाध्यक्ष नर बहादुर बान्तोलालाई ज्ञापन पत्र बुझाएको छ । घाटगाऊ वृहत् सिचाइ आयोजना अहिले अलपत्र अबस्थामा रहेको छ । सिँचाइ सुविधा नहुँदा खेतीपातीको लागि आकाशे पानीको भर पर्नुपर्दछ ।

बर्षामा ढिलो चाँडो पानी पर्छ। धान राम्रै फल्छ। तर हिँउदमा आकाशे पानीको भर हुँदैन’ सिंचाइ अभावका कारण हिँउदे बालीबाट जोताइ,मल र बिउकै खर्च उठाउन नसकेपछि धान बाली मात्रै लगाउने गरेको स्थानीयहरुको गुनासो रहेको छ । प्रदेश विकासको मुख्य आधार कृषिलाई मानेको छ। कृषिमा उत्पादकत्व बढाएर खाद्यान्न निर्यात गर्ने योजना सरकारको छ। तर खेतीयोग्य जमिनको आधा भन्दा धेरैमा सिंचाइ सुविधा छैन।

केही ठूला साना सिंचाइ आयोजनाहरु बजेट अभाव देखाउँदै अलपत्र छोडीएका छन। केही आयोजनाहरुको निर्माण गती निकै सुस्त छ घाटगाऊ वृहत् सिचाइ आयोजनासमयमै सम्पन्न भए यहाँका किसानहरुलाई राहत मिल्ने आयोजनाका उपाध्यक्ष गंगाराम बि क ले बताउनु भएको छ । घाटगाँउ वृहत् सिचाइआयोजनाका अध्यक्ष जनक बहादुर रावलले अध्यक्ष खडक बि क वासपानेलाई ज्ञापनपत्र बुझाउँदै आयोजनाको अवस्थाबारे जानकारी गराएका थिए ।

 

ज्ञापनपत्र बुझ्दै अध्यक्ष खडक बि क वासपानेले ठूलो आयोजना भएकाले केन्द्रले नै बजेटको व्यावस्था गर्ने र सम्बोधन नभएमा प्रदेश सरकारले व्यवस्था गर्नेु पर्ने बताउनुभएको छ । यो वृहत् सिचाइ आयोजना सबैको गौरव र महत्त्वको विषय हो,’ यसका लागि प्रदेश सरकार र संघिय सरकार संग , आयोजना संचालनका निमित्त आबश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *