• चैत्र ११, २०८१
  • No Comment
  • 130

लुम्बिनीलाई पराजित गर्दै एपीएफको जीत

भैरहवा — नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ।

भैरहवाको एक्ट्राटेक ओभलमा लुम्बिनीले प्रस्तुत गरेको २२४ रनको लक्ष्य एपीएफले ४१.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

एपीएफका लागि पूर्ण बिकले अविजित ७२ रनको योगदान गरे भने रोहितले ७१ रन बनाए। लोकेश बम (२१), सन्दीप जोरा (२१*) र आसिफ शेख (१८) ले पनि टोलीलाई  जित दिलाए।

यसअघि, टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २२३ रन बनाएको थियो। लुम्बिनीका लागि राजेन्द्र बमले तीन विकेट लिए।

जितसँगै आठ खेलबाट १२ अंक जोडेको एपीएफ तेस्रो स्थानमा यथावत छ भने लुम्बिनी ९ खेलबाट ८ अंकसहित छैठौं स्थानमा रहेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *