• चैत्र ११, २०८१
  • No Comment
  • 44

लुम्बिनीलाई पराजित गर्दै एपीएफको जीत

भैरहवा — नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ।

भैरहवाको एक्ट्राटेक ओभलमा लुम्बिनीले प्रस्तुत गरेको २२४ रनको लक्ष्य एपीएफले ४१.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

एपीएफका लागि पूर्ण बिकले अविजित ७२ रनको योगदान गरे भने रोहितले ७१ रन बनाए। लोकेश बम (२१), सन्दीप जोरा (२१*) र आसिफ शेख (१८) ले पनि टोलीलाई  जित दिलाए।

यसअघि, टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २२३ रन बनाएको थियो। लुम्बिनीका लागि राजेन्द्र बमले तीन विकेट लिए।

जितसँगै आठ खेलबाट १२ अंक जोडेको एपीएफ तेस्रो स्थानमा यथावत छ भने लुम्बिनी ९ खेलबाट ८ अंकसहित छैठौं स्थानमा रहेको छ।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *